पिएन क्याम्पसको जमिन जोगाउँन विद्यार्थीले गाडे त्रिविको झण्डा

पाेखरा | पुस २०, २०७९

पिएन क्याम्पसको जमिन जोगाउँन विद्यार्थीले गाडे त्रिविको झण्डा

पोखराः   पोखरा महानगरपालिका १ स्थित पृथ्वीनारायण क्याम्पसमा क्रियासिल विद्यार्थी संगठनहरुले  क्याम्पसको जमिन जोगाउँन त्रिभुवन विश्वविद्यालयको झण्डा गाडेका छन् । 


सडक विभाग, पुल महाशाखा, ललितपुरले क्याम्पस परिसरमा रहेको जमिनबाट वडा नम्बर ११ जोड्ने पक्की पुल बनाउने जानकारी गराउँदै बाटो खोल्न आग्रह गरेपछि विद्यार्थी संगठनहरुले सयुक्त रुपमा त्रिभुवन विश्वविद्यालयको झण्डा गाडेका हुन् । 


क्याम्पसमा क्रियाशिल विद्यार्थी संगठनहरुले सयुक्त रुपमा विज्ञप्ती जारी गर्दै, ‘उच्च अदालतले मालपोत कार्यालयलाई उत्प्रेषण जारी गरेको पृथ्वीनारायण क्याम्पसको भोगचलनमा रहिआएको कित्ता नम्बर ८३३ क्षेत्रफल २२२ रोपनी जग्गा  (दर्ता हुने क्रममा रहेको) र क्याम्पसको त्रिपक्षीय छलफल बिना नै पोखरा १ र पोखरा ११ जोड्ने पुल निर्माण प्रक्रिया सुरु हुनु संस्कापद रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।’


क्याम्पसमा क्रियासिल विद्यार्थी संगठनअनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (क्रान्तिकारी), अनेरास्ववियू (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन, अखिल छैठौंले सयुक्त विज्ञप्ती जारी पुल निर्माणको कार्य रोक्न माग  गरेका हुन् । 


क्याम्पस परिसरमा रहेको जमिनबाट वडा नम्बर ११ जोड्ने पक्की पुल बनाउने जानकारी गराउँदै बाटो खोल्न आग्रह गरेपछि प्राध्यापक संघहरुले सामुहिक विरोध जनाएका छन् । संघका अध्यक्षहरुले क्याम्पसको जग्गा खण्डिकृत गरी निजी प्रयोजन र केही व्यक्तिको स्वार्थमा लाभ हुने टिप्पणी गरेका छन् । 

 

विभागको पत्रबारे जानकारी दिन  प्राध्यापक संघहरुले भोलि पत्रकार सम्मेलन गर्दै छन् । 

काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...

थप पढ्नुहोस्

गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ ।   रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...

थप पढ्नुहोस्

गण्डकी:   कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ ।   रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

थप पढ्नुहोस्